चितुवाको आक्रमणबाट  एक महिला घाइते

चितुवाको आक्रमणबाट  एक महिला घाइते

बैतडी :  बैतडीको तल्लोस्वराडमा बुधवार चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

शिवनाथ गाउँपालिका–६ ओखेडानीकी ४८ वर्षीया हिउकला धनाडी चितुवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख ग्रिन्द्र बहादुर बोगटीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बुधवार खोलामा घाँसदाउरा काट्न गएका बेला धनाडीलाई चितुवाले आक्रमण गरेको जनाएको छ । घाइते धनाडीको मुखमा, दाँयाबाँया कुममा घाउ रहेको र उनको स्थानीय स्वास्थ्यचौकी उपचार भइरहेको छ ।