विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ आयोजना हुने

विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ आयोजना हुने

धनगढी : चुरे गाउँपालिका वडा नम्बर ५ को  खानीडाँडामा विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ आयोजना हुने भएको छ । 

स्थानीय शुक्र माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि आउँदो माघ ११ गते देखि खानीडाँडामा ग्वासी समैजी धार्मिक तथा शैक्षिक महोत्सव आयोजना गर्न लागिएको हो । 

महोत्सव नाम दिइए पनि धार्मिक आस्थाका आधारमा मानिसहरुले दान गर्ने हुँदा महायज्ञ आयोजना गर्न लागिएको विद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष नरबहादुर तामाङले बताउनुभयो ।

विद्यालयमा कक्षा सञ्चालन गर्न आर्थिक अभाव भइरहेकोेले शैक्षिक गुणस्तर बढाउन आर्थिक स्रा्त जुटाउनु आवश्यक रहेकोले महायज्ञ आयोजना गर्न थालिएको उहाँले बताउनुभयो । विद्यालयमा माध्यमिक तहका लागि दरबनदी छैन् ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयले २ जनाको राहत दरबन्दी उपलब्ध गराएको विद्यालयमा माध्यमिक तहमा दुई जना निजी स्रोतका शिक्षक रहेका छन् । यस्तै आधारभूत तहमा समेत १ जना शिक्ष निजी स्रोतमा छन् ।

निजी स्रोतमा कार्यरत शिक्षकहरुलाई तलब दिन समेत गाह्रो परेपछि महायज्ञ मार्फत आर्थिक संक्लन गर्न खोजिएको छ । महायज्ञ आयोजनक समितिले आज आफ्नो सचिवालय स्थापना गरेको छ ।

सचिवालयको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आफु निर्वाचित क्षेत्र पनि भएकोले स्थानीय पूर्वाधार विकास कोषको रकमबाट १० लाख रुपैया विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभयो । 

मन्त्री सुवेदीले पहाडी भू–भागमा स्तरीय शिक्षा दिने विद्यालयको आवश्यकता भएकोले स्थानीय तहको अधिकार क्षेत्र भित्र रहेका विद्यालयमा स्थानीय तहले लगानी गर्नुपर्ने बताउनुभयो ।

उहाँले शुक्र माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।