कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन पुस २८ गते हुने

कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन पुस २८ गते हुने

धनगढी : कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचन पुस २८ गते हुने भएको छ ।

सदस्यता छानविन सकिएपछि आज बसेको सरोकारवालाको बैठकले पुस २८ गते निर्वाचन गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत यादव बहादुर भण्डारीले जानकारी दिए । 

छलफलमा निर्वाचन समितिका सदस्यसगै कैलाली उद्योग वाणिज्य सघका पदाधिकारी, पूर्व अध्यक्ष लगायत व्यवसायीको सहभागिता थियो । 

निर्वाचन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका  प्रशासकिय अधिकृत भण्डारीका अनुसार पुस १३ गतेदेखि २० गतेसम्मका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिएको छ । 

जस अनुसार पुस १८ गते उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका छ । यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता विवाद सम्बन्धि मुद्धा परेपछि स्थगित भएको थियो ।