सुदूरपश्चिम प्रदेश मन्त्री परिषद बैठक : के–के भए निर्णय ?

सुदूरपश्चिम प्रदेश मन्त्री परिषद  बैठक : के–के भए निर्णय ?

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले प्रदेश लगानी बोर्ड गठन गर्न आवश्यक विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमित प्रदान गरेको छ ।

मन्त्रीपरिषदको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई लगानी बोर्ड गठनका लागि आवश्यक बिधेयक तर्जुमा गर्न सैद्धान्ति सहमति दिने निर्ण भएको सरकारका प्रवक्ता तथा आन्तिरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले बताउनुभयो ।

प्रवक्ता शाहले आजको बैठकबाट सामाजिक विकास मन्त्रालयको स्वयम सेवक परिचालन कार्यविधि स्वीकृत गरिएको जानकारी दिनुभयो ।

यस्तै सोही मन्त्रालयलाई प्रदेश स्तरको आयुर्वेद  प्रतिष्ठान स्थापना सम्बन्धि बिधेयक तर्जुमाका लागि सैद्धान्तिक सहिमति दिइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यान्वयन कार्यविधि र उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयको नदीजन्य पदार्थ ब्यवस्थापन कार्यविधिलाई छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय भएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।