भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर संचालनमा

भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर संचालनमा

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गर्दै यो सेन्टर संचालनमा ल्याईएको हो । 

भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्दछ । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।