विवाहित व्यक्तिलाई डेट गर्ने गल्तीबाट किन जोगिनुपर्छ, यस्ता छन् पाँच कारण ?

विवाहित व्यक्तिलाई डेट गर्ने गल्तीबाट किन जोगिनुपर्छ, यस्ता छन् पाँच कारण ?

भनिन्छ, प्रेम कहिले पनि सोचेर–बुझेर गरिँदैन, यो त यत्तिकै हुन्छ । तर यदि तपाईं कुनै विवाहित महिला वा पुरुषलाई मन पराउनुहुन्छ भने सम्बन्धलाई अघि बढाउनुभन्दा अघि यो कुरामा ध्यान दिनुहोस् । विशेषज्ञका अनुसार विवाहित व्यक्तिलाई प्रेम गर्नबाट बच्नुपर्ने विभिन्न कारण छ । यसबारे जानकारी लिऔं ।

एउटा कुरा तपाईंले के बुझ्नुपर्छ भने तपाईं जुन विवाहित पुरुष वा स्त्रीको प्रेममा हुनुहुन्छ उसले तपाईंका लागि जीवनसाथी छोड्नेछैन । ती व्यक्तिलाई तपाईंको समिप्यता मन परेपनि दुनियाँको नजरमा त्यहि उसको परिवार हो र उसले आफ्नो परिवारमाथि सम्झौता  गर्न सक्दैन ।

जीवन अघि बढ्नेछैनः

तपाईंले आफ्ना विवाहित पार्टनरका लागि सबैकुरा दाउमा लगाए पनि तपाईंलाई ती व्यक्तिले त्यस्तो केही पनि गर्नेछैन । ती व्यक्तिले तपाईंको अत्यधिक ख्याल राख्ने भएपनि ती व्यक्तिसँगको सम्बन्ध सार्थक हुने कुनै ग्यारेन्टी छैन । तपाईंको सम्बन्ध कहिले पनि अघि बढ्दैन र अन्त्यमा तपाईं फसेको महसुस गर्नुहुनेछ ।

सधैं एक्लो महसुस हुन्छः

जब तपाईं विवाहित पुरुष वा महिलालाई डेट गर्नुहुन्छ तपाईंहरुले एकसाथ निकै राम्रो समय व्यतित पनि गर्नुभएको हुनसक्छ तर जब तपाईंलाई वास्तवमा उनको आवश्यकता पर्छ तब ती व्यक्ति तपाईंको वरिपरि हुने छैनन् । उनका लागि आफ्नो परिवार पहिलो प्राथमिकता हुनेछ । तपाईं सम्बन्धमा हुँदासमेत एक्लो महसुस गर्नुहुनेछ ।

सम्बन्धको सुखद अन्त्य आवश्यक छैनः

जुन सम्बन्ध धोकाको आडमा बसेको छ, त्यस्तो सम्बन्धको सुखद अन्त्य होला भनेर कहिले पनि आशा नगर्नुहोस् । यस्ता सम्बन्ध निकै तितो अनुभवसहित अन्त्य हुन्छ । तपाईंलाई यो सम्बन्धले भित्रैदेखि नराम्रोसँग गालेको पनि हुनसक्छ ।

तपाईंले पनि धोका पाउन सक्नुहुन्छः

तपाईंसँग बस्नका लागि ती व्यक्तिले आफ्नो जीवनसाथीलाई नै छोडिदिए पनि उनले तपाईंलाई धोका नदेलान् भनेर ढुक्क हुन सकिँदैन । जसरी ती व्यक्तिले जीवनसाथीलाई धोका दिएर तपाईंसँग सम्बन्ध सुरु गरे, त्यहि कुरा तपाईंमाथि पनि हुनसक्छ ।