फेसबुक मेसेन्जरमा ‘भ्यानिस मोड’ सार्वजनिक हुने

फेसबुक मेसेन्जरमा ‘भ्यानिस मोड’ सार्वजनिक हुने

फेसबुक मेसेन्जरमा  ‘भ्यानिस मोड’ नामक नयाँ फिचर सार्वजनिक हुने भएको छ।  मेसेन्जरको ‘भ्यानिस मोड’मा बसेर च्याट गरेका  मेसेजहरु भने सेभ हुँदैनन्।

यो फिचर छिट्टै इस्टाग्राममा पनि आउने हिन्दुस्तान टेकले लेखेको छ। यसले दुवै एप बीचको एकिकरणबारे बुझाउँनेछ।

मेसेन्जरमा ‘भ्यानिस मोड’मा बसेर च्याट गर्दा एक अर्कालाई पठाइएका च्याट मेसेजहरु सबै हराउँछ। यसमा मेसेज टेक्स्ट, फोटो, भिडिओ, जिआइएफ, स्टिकर र अन्य रियाक्सनहरु पर्छन्।

मेसेन्जरमा ‘भ्यानिस मोड’ यसरी बस्न सकिन्छ

कबलष्mबदष्मज बिद
१. तपाईं जोसँग भ्यानिस मोडमा च्याट गर्न चाहनुहुन्छ, त्यो व्यक्तिसँगको च्याट बक्स खोल्ने
२. च्याट बक्समा गएर ‘स्वाइफ अप’ गर्ने। अब तपाईं मेसेन्जरको ‘भ्यानिस मोड’मा च्याट गर्न सक्नुहुन्छ
३. यदि यो मोड हटाएर पुरानै नियमित च्याटमा जान चाहनुहुन्छ भने फेरि ‘स्वाइफ अप’ गर्ने

यो भ्यानिस मोडमा बसेर च्याट गर्न तपाईंको मोबाइलमा मेसेन्जर एप इस्टल भएको हुनुपर्छ। क्रोम अथवा अन्य साइटबाट फेसबुक मेसेज चलाउनु हुन्छ भने यो नयाँ फिचर प्रयोग गर्न सकिदैन।

भ्यानिस मोडमा तपाईं कोहीसँग च्याट गर्दै हुनुहुन्छ र यदी च्याट गरिरहेको व्यक्तिले ‘स्क्रिनसट’ लिन्छ भने तपाईंलाई यसबारे जानकारी गराइन्छ। यो फिचर स्न्याप्च्याटको जस्तै हो।

यो ‘भ्यानिस मोड’ ह्वाट्सएपको ‘डिस्अपियरिङ मेसेज’ फिचर भन्दा फरक छ। ह्वाट्सएपले गत साता मात्रै डिस्अपियरिङ मेसेज नामक नयाँ फिचर सार्वजनिक गरेको हो। उक्त फिचर समावेश भएसँगै प्रयोगकर्ताको च्याट थप सुरक्षित र गोपनिय राख्न मद्दत पुग्ने कम्पनीको विश्वास छ।

हाल फेसबुक मेसेन्जरले ‘भ्यानिस मोड’ अमेरिका र अन्य केही देशहरूमा लागू गरिसकेको छ। र, छिट्टै विश्वव्यापी प्रयोगकर्ताहरुमा उपलब्ध हुने बताइएको छ। यही मोड इस्टाग्राममा पनि छिट्टै आउने भएको हो।