२४ घण्टामा विश्वमा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा विश्वमा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको थियो । 

हालसम्म विश्वमा कोरोनाका कारण १२ लाख ९० हजार ६५३ जनाको मृत्यु भइसकेको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड २४ लाख ८७ हजार ४७६ जनालाई कोरोना संक्रमण भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।