मुख्यमन्त्री भट्टद्धारा तिहारको  शुभकामना व्यक्तः भन्छन्, 'यसपालिको दीपावली आफ्नो घरमा मात्रै मनाऔं'

मुख्यमन्त्री भट्टद्धारा तिहारको  शुभकामना व्यक्तः भन्छन्, 'यसपालिको  दीपावली आफ्नो घरमा मात्रै मनाऔं'

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको सङ्क्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई पर्याप्त सावधानीका साथ दीपावली मनाउन प्रदेश बासिलाई आग्रह गरेका गर्नुभएको छ। 

दीपावलीका अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले चाडबाडका बेला कोरोना भाईरस (कोभिड १९) जस्तो महामारीबाट सचेत रहन आ–आफ्नो घरमा मात्रै दीपावली मनाउन आग्रह गर्नुभएको हो ।  

साथै उहाँले आपसी सद्भाव र भातृत्वको प्रतिकका रूपमा रहेको यस पर्वले प्रदेशवासीहरूलाई एक आपसमा खुसीयाली साटासाट गर्दै एकताको सूत्रमा आबद्ध गरी सामाजिक एकता कायम गर्न सघाउ पुगोस् भन्ने शुभकामना व्यक्त समेत गर्नुभएको छ । 

Image may contain: text