धनगढी । काग तिहारकै साँझदेखि घर, बजार एवं बस्ती झकिझकाउ सिगारिएका छन । धनगढीको मुख्य बजार सहित बिभिन्न चोकचोक तथा सबै ठाउँहरुमा साँझको समयमा झिलिमिलि बत्ति देखिएका छन ।
यहाँ तिहारको केही दिन अगाडिदेखि नै झिलिमिलि देखिन थालिएको हो । तिहारमा घर आँगन झिलिमिलि बनाउन चारैति र बत्ती बाल्ने गरिन्छ ।
दियो तथा मैनबत्ती बाली झलिमिलि बनाउने परम्परागत प्रचलनलाई हिजोआज बजारमा पाइने रङिगविरङ्गि बिद्युतिय बत्तिको बढ्दो बजार मागले दियो र मैनबत्ति विस्थापित हुँदै गएको छ। केही वर्ष यता तिहारमा विभिन्न प्रकारका विद्युतिय बत्तिको प्रयोग गर्ने क्रम बढेको छ ।