अज्ञात व्यक्तिद्धारा डडेल्धुरामा २ वटा मोटरसाइकलमा आगजनी

अज्ञात व्यक्तिद्धारा डडेल्धुरामा २ वटा मोटरसाइकलमा आगजनी

डडेल्धुरा । डडेल्धुरामा २ वटा मोटरसाइकलमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् अमरगढी नगरपालिका–५ का रमेश प्रसाद जोशी र सुरेश मल्लको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी महेन्द्र नेपालले जानकारी दिएका छन् । जोशीको से १ प ५३९४ र मल्लको से ४ प १४३ नम्बरको मोटरसाइकलमा आगजनी भएको उनले बताए ।

मोटरसाइकलमा आगजनी कसले गरेको हो भन्ने भन्नेबारे अहिले खुलि नसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी नेपालले बताए ।