नेवार समुदायले आज नेपाल संवत् नयाँ वर्ष ११४१ लाई स्वागत गर्दै

नेवार समुदायले आज नेपाल संवत् नयाँ वर्ष ११४१ लाई स्वागत गर्दै

काठमाडौं।  नेपाल संवत् ११४१ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

यस संवत् नेवार समुदायले धुमधामका साथ नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। विशेषगरी नेपाल संवत् लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता भएको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि. सं. ९३७ इ. सं. ८८० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए ।

पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको जानकारहरु बताउँछन् ।

भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको समितीका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मंसिर १ गते नै मनाइन्छ । मंसिर २ गते बिहान ७ ०४ बजेसम्म मात्र द्धितीया तिथी छ ।