भाईटीकाको पुर्वसन्ध्यामा नेकपा बैतडीका युवा नेता महराको भीरबाट लडेर ज्यान गयो

भाईटीकाको पुर्वसन्ध्यामा नेकपा बैतडीका युवा नेता महराको भीरबाट लडेर ज्यान गयो

बैतडी । बैतडीका नेकपा युवानेता अरुण महराको भीरबाट लडेर मत्यू भएको छ । अनेरास्वबियुका पुर्वजिल्ला उपाध्यक्ष तथा जगन्नाथ बहुमुखी क्याम्पसका पुर्व स्वबियु सभापतिसमेत रहेका नेता महराको हिजो साँझ मृत्यू भएको हो ।

साँझ ५बजे स्थानीय बजारबाट घरजाने क्रममा खुर्रा भिरबाट लडेर गम्भीर घाइते भएका ३२ बर्षिय महराको अस्पताल लैजाने क्रममा मृत्यू भएको देगडाकेदार २ का नेकपा अध्यक्ष कासिसिंह बिष्टले बताए ।

दोगडाकेदार–२ कै स्थायीबासिन्दा रहेका महराका श्रीमति र १ छोरा छन् । युवा नेता महराको निधनप्रति नेकपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकले श्रद्धाञ्जलि ब्यक्त गरेका छन् । -स्रोतः राजधानीडेली