बैतडीमा हालसम्म २३ जना कोरोनाका सक्रिय संक्रमित, कुन पालिकामा कति ?

बैतडीमा हालसम्म २३ जना कोरोनाका सक्रिय संक्रमित, कुन पालिकामा कति ?

बैतडीः बैतडीमा हाल २३ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन । सबैभन्दा बढी सक्रिय संक्रमित दशरथचन्द नगरपालिकाका १० जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै पाटन नगरपालिकामा ६, सुर्नया गाउँपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ र पञ्चेश्वर गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाका हालसम्म ५०० जनामा संक्रमण पुष्टि हुँदा ४७६ जनाले कोरोना जितेका छन भने १ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

हालसम्म दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका सबैभन्दा बढी ८२÷८२ जनामा कोरोना देखिएको छ । यस्तै मेलौली नगरपालिकाका ४७, सिगास गाउँपालिकाका ५५ र पञ्चेश्वर गाउँपालिकाका ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्नया गाउँपालिकाका ३९, शिवनाथ गाउँपालिकाका ५१, ,डिलाशैनी गाउँपालिकाका १२, दोगडाकेदार गाउँपालिकाका ४९ र पुर्चौंडी नगरपालिकाका २० जनामा संक्रमण पुष्टि भएको छ । बैतडीमा गत जेठ ९ गते पहिलोपटक एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको थियो ।