पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६१७ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ९० लाख नजिक

पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६१७ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ९० लाख नजिक

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भातमा कोरोना संक्रमितको संख्या ८९ लाख १२ हजार ९०७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६१७ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४७४ कोरोना संक्रमितको मृत्यु भएको भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ९९३ पुगेको छ ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

यसैबीच, कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको कुल संख्या १३ लाख ३३ हजार ७४२ पुगेको छ भने हालसम्म कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको तथ्यांकमा उल्लेख छ ।