बेलौरी क्षेत्रबाट २ लाख बढिका अवैध सामान बरामद

बेलौरी क्षेत्रबाट २ लाख बढिका अवैध सामान बरामद

धनगढीः कञ्चनपुरमा २ लाख बढिका अवैध सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाट क्षेत्रबाट भारतीय नम्बरको मोटरसाइकल सहित बिडी, स्याम्फु, सलाई, डिएपी र यूरिया मल सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटरले बरामद गरेको हो ।

सामानको अनुमानित मुल्य २ लाख ५ हजार १ सय ८० हुने सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिए ।