बिरालोको म्याउँलाई मान्छेको भाषामा अनुवाद गर्ने एप

बिरालोको म्याउँलाई मान्छेको भाषामा अनुवाद गर्ने एप

अमेजन एलेक्साका एक पूर्व इन्जिनियरले तपाईंको बिरालोले गरेको म्याउँलाई पनि अनुवाद गरिदिने एप निर्माण गरेका छन् । उनले विकास गरेको ‘म्याउटक’ नामक एपले बिरालोको आवाजलाई रेकर्ड गर्छ र त्यसको अर्थ थाहा पाउने प्रयत्न गर्छ ।

बिरालो पाल्नेहरूले अनुवादलाई अङ्कित ९लेभलिङ० गर्न सहयोग गर्न सक्छन् । आर्टिफिसियल इन्टेलिजन्स ९एआई० सफ्टवेअरमा बिरालोको म्याउँका शब्दभण्डार बढाउन उनीहरूले सहयोग गर्न सक्छन् ।

हाल यो एपको शब्दकोषमा १३ वटा वाक्यांश रहेका छन् । त्यसमा “मलाई खुवाउनुहोस्”, “म रिसाएको छु” र “मलाई एक्लै छाडिदिनुहोस्” जस्ता वाक्याहरु रहेका छन् ।

कस्तो हुन्छ बिरालोको भाषा रु 
यसअघि भएका विभिन्न अध्ययनहरूले मानवको जस्तो बिरालाहरूको एउटै साझा भाषा नभएको देखाइसकेका छन् । बिरालाको म्याउँ आफ्नो मालिकअनुसार भिन्न हुन्छ । कुनै अन्यको तुलनामा धेरै नै प्रस्ट हुन्छन् ।

त्यसैले बिरालोका लागि एउटै डेटा बेसको साटो उक्त एपको अनुवाद हरेक बिरालो अनुसार फरक हुन्छ । आवाज रेकर्ड गर्ने र त्यसलाई अङ्कित गर्ने गरेपछि एआई र मसिन लर्निङ सफ्टवेयरले हरेक बिरालोको आवाजलाई राम्ररी बुझ्न सक्छ र जति प्रयोग गर्‍यो त्यति नै आवाज पहिचान सही हुँदै जान्छ ।

एप विकासकर्ता एक्भेलोन इन्कका टेक्निकल प्रोग्राम म्यानेजर जेभियर सान्चेजले एउटा वेबिनारमा आफूहरुको अन्तिम लक्ष्य एउटा स्मार्ट(कलर विकास गर्नु भएको बताए । एपमा प्रविधिले तपाईंको बिरालोको आवाजलाई तुरुन्त अनुवाद गर्छ र मानिसको आवाजमा बोल्छ ।

‘म्याउटक’ले बिरालोको म्याउँको आवाजलाई रेकर्ड गर्छ र त्यसको अर्थ थाहा पाउने कोसिस गर्छ । कोरोना भाइरस महामारीका कारण अहिले मानिसहरू घरमा बस्नुपर्ने अवस्था आएकाले पनि यो निकै आवश्यक भएको सान्चेजले बताए ।

उनले भने, ‘यसले मानिसहरूलाई आफ्नो बिरालोसँग सञ्चार गर्न सक्षम बनाउनेछ वा कम्तीमा उनीहरूको बिरालोको इच्छा बुझ्न र महत्त्वपूर्ण सम्बन्ध निर्माण गर्न सहयोग गर्नेछ ।’

यो एप गुगल प्ले स्टोर र एपलको एप स्टोर दुवैमा निस्शुल्क उपलब्ध छ । विकासको प्रारम्भिक चरणमा रहेकाले यो एपबारे प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

कतिपयले एपमा त्रुटी उत्पन्न भएको उल्लेख गरेका छन् । कतिपयले चाहिँ एप मन परेको लेखेका छन् । यो एप मालिकले कसरी बिरालोको शब्दलाई अङ्कित गर्छन् भन्नेमा भर पर्ने भएकाले सञ्चारमा समस्या हुनसक्ने कतिपय विज्ञको मत छ ।

‘हामी सम्भवतस् कहिल्यै पनि बिरालोको म्याउँलाई मानिसको शब्दमा रूपान्तरण गर्न सक्दैनौँ,’ बिरालोको आनीबानी बारेकी विज्ञ तथा ‘लेट्स टक अबाउट क्याट्स’की लेखिका अनिता केल्से भन्छिन्, ‘यो एप रमाइलोका लागि बनाइए जस्तो देखिन्छ र तपाईंलाई आफ्नो बिरालोसँग रमाइलो गर्दा कुनै हानि हुनेछैन ।’