कञ्चनपुरमा स्थानीयको विद्युतिय सामाग्री तोडफोड गर्ने युवक पक्राउ पच्शात लगाईयो आफन्तको जिम्मा

कञ्चनपुरमा स्थानीयको विद्युतिय सामाग्री तोडफोड गर्ने  युवक पक्राउ पच्शात लगाईयो आफन्तको जिम्मा

धनगढीः कञ्चनपुरमा स्थानीयको विद्युतिय सामाग्री तोडफोड गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ८ मा ९ जना स्थानीयको विद्युतको मिटर बक्स र टेलिभिजन तोडफोड गर्ने अन्दाजी २७ वर्षीय जगदिश बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बोहोरालाई पक्राउ गरिएको बताउँदै मानसिक अवस्था ठीक नभएको पाईएपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको जानकारी दिए ।

बोहोराले धारिलो हातहतियार देखाउँदै तोडफोड गरेको स्थानीयको गुनासोपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।