सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, कतिले जिते कोरोना ?

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, कतिले जिते कोरोना ?

धनगढी ।  सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ९ सय ५७ सय जनाले कोरोना जितेका छन्  भने ५० जनाको मृत्यु भएको छ ।   

पछिल्लमे २४ घण्टा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ३ सय बढीको परीक्षण गर्दा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै 
 प्रदेसभर कोरोना संक्रमितको संख्या ११ हजार १ सय ४० पुगेको छ ।

प्रदेसका ४ वटा प्रयोगशालाहरु सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बैतडी र बझाङ तथा अछामको कमलबजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ११ जनाको परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय २० जनाको परीक्षण गर्दा  २२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।  

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका १० सहित २२ जनामा संक्रमण देखिएको बताए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर २, ४, ७ र ठेगाना नखुलेका १र१ जनामा संक्रमण देखिएको छ ।

कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३र३ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलाली गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ । यस्तै कञ्चनपुरको महाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकाका १र१ जना र बैतडीका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।  

जिल्ला अस्पताल बैतडी प्रयोगशालामा ६९ जनाको परीक्षण गर्दा थप ५ जना र जिल्ला अस्पताल बझाङका १८ को परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।  उनका अनुसार अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पष्टि भएको छ ।