क्याम्पस चौक–भन्सार हुलाकी सडकको निर्माण कार्य सुरु

क्याम्पस चौक–भन्सार हुलाकी सडकको निर्माण कार्य सुरु

धनगढी : धनगढी उपमहानगरपालिकाको क्याम्पस चौकदेखि भन्सारसम्म निर्माण हुने हुलाकी सडकको निर्माण कार्य सुरु भएको छ । 

सडक निर्माणका विषयमा स्थानीयले सहमति जनाएपछि शुक्रवारदेखि हुलाकी सडक निर्माण कार्य सुरु भएको हो । 

धनगढी उपमहानगरपालिकाको क्याम्पस चौकदेखि भन्सारसम्म निर्माण हुने साढे ६ किलोमिटर हुलाकी सडकको निर्माण कार्य शुक्रवारदेखि सुरु भएको हुलाकी सडक आयोजनाका सव ईन्जिनियर विर बहादुर कोलीले बताए । 

उनका अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८, १ र २ मा पर्ने उक्त सडक २३ करोडको लागतमा रमन केएस जेभीले निर्माण कार्य थालेको हो । 
उनले शुक्रवारदेखि निर्माण कार्य थालिएको सडकको वडा नम्बर १ को खेलासम्म सर्वे काम सम्पन्न भईसकेको जानकारी दिए । 

उक्त सडक निर्माणका लागि गत वर्षको फागुनमा रमन केएस जेभीले २३ करोडका लागतमा सम्झौता गरेको थियो । 

तर, सडक निर्माण गर्दा वडा नम्बर ८, १ र २ का केही स्थानीयका घर तथा जग्गा पर्ने भएका कारण तिन वटै वडाका स्थानीयले हुलाकी सडक आयोजना सघर्ष समिति गठन गर्दै निर्माण कार्य अगाढी बढन दिएका थिएनन । 

उक्त समितिले घर तथा जग्गाको क्षतिपूर्ति माग गर्दै सडक निर्माणमा अवरोध गरेका कारण सम्झौताको करिव एक वर्षसम्म निर्माण कार्य सुरु हुन सकेको थिएन । 

अन्ततः सघर्ष समितिसग सहमतिपछि हुलाकी सडकको निर्माण कार्य अगाढी बढाईएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले बताए । 

उनका अनुसार हुलाकी सडकको चौडाई कम्तिमा ९ मिटर राख्ने सहमति भएको छ, जसलाई आवश्यकता र जग्गा उपलब्ध भएको खण्डमा बढाउन सिन सकिने  छ । 

सहमतिपछि सडक निर्माणको कार्य थालिएको र अव विना अवरोध सडक निर्माणको कार्य अगाढी बढने नगर प्रमुख वडले दावी गरे ।