११ हजार ८३ निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुग्यो, ४ हजार ९ सय निकायमा अझै बाँकी

११ हजार ८३ निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुग्यो, ४ हजार ९ सय निकायमा अझै बाँकी

देशका ११ हजार ८३ वटा निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको छ । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले थालेको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म पालिका, वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकी गरी ११ हजार ८३ निकायमा इन्टरनेट जडान सम्पन्न भइसकेको छ ।

अहिलेसम्म ६९ दशमलव ३७ प्रतिशत सम्पन्न भइसकेको इन्टरनेट जडानको काम अझै चार हजार आठ सय ९६ निकायमा भने बाँकी रहेको छ ।

ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरेर अघि बढाइएको ब्रोडब्याण्ड इन्टनेट परियोजना अन्तर्गत अहिलेसम्म ५५ जिल्लामा इन्टरनेट पहुँच पुगेकोमा ४६ जिल्लामा शतप्रतिशत काम सम्पन्न भएको छ ।

पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार रुपैयाँ लागतको परियोजनाको लागि १८ वटा प्याकेजमा काम भइरहेको छ ।  अहिलेसम्म दुई अर्ब ७१ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।