बैतडीमा युवती बलात्कार: मिलापत्र गराउनेसहित ४ जनाविरुद्ध जाहेरी, २ पक्राउ

बैतडीमा युवती बलात्कार: मिलापत्र गराउनेसहित ४ जनाविरुद्ध जाहेरी, २ पक्राउ

बैतडी। बैतडीमा युवती बलात्कार घटनामा मिलापत्र गराउनेसहित ४ जनाविरुद्ध जाहेरी दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालयमा बिहीबार पीडित युवतीले उनीहरुविरुद्ध जाहेरी दर्ता गराएकी हुन्।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित युवतीले जबर्जस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलाउनेविरुद्ध जाहेरी दिएको बताए।

जाहेरी दिएलगत्तै घटना मिलापत्र गर्ने २ जनालाई पक्राउ गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले बलात्कारका आरोपी युवक सहितका अन्य २ जना फरार रहेकाले खोजी भइरहेको बताए।

बैतडीको सिगास गाउँपालिका ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबर्जस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमति गरेका थिए।

तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन।