अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख नाघ्याे

अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख नाघ्याे

काठमाडौं। चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी  अमेरिकामा परेको छ। हालसम्म अमेरिकामा एक करोड ३२ लाख ४७ हजार ७५६ जना संक्रमित भइसकेका छन्। 

वर्ल्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा एक लाख सात हजार १४३ संक्रमित थपिएका छन्।  त्यहाँ हालसम्म दुई लाख ६९ हजार ५५५ जना संकमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा एक हजार ३०६ जनाको मृत्यु भएको हो। 

अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या ७८ लाख ४६ हजार ८७० पुगेको छ। ५१ लाख ३१ हजार ३३१ सक्रिय संक्रमित रहेको अमेरिकामा २४ हजार ३९६ संक्रमित गम्भीर अवस्थाका छन्।