मोबाइलमा ब्याट्री टिक्दैन ? यसो गर्नुहोस्

मोबाइलमा ब्याट्री टिक्दैन ? यसो गर्नुहोस्

मोबाइल हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग भइसकेको छ । मोबाइलले गर्दा हाम्रो जीवनयापन सहज भएको छ । तर यही मोबाइलमा ब्याट्री न टिक्दा हामी समय समयमा अप्ठ्यारोमा पर्ने गर्छ ।  आउनुहोस् आफ्नो मोबाइलमा ब्याट्री चाँडै किन सकिन्छ र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने जानकारी लिउँ ।

मोबाइलमा ब्याट्री सकिने विभिन्न कारण हुन सक्छ । सधै चलिरहने एप्लिकेशनहरु जसले धेरै ब्याट्री खर्च गर्छ, जस्तै हामी सबैको फेसबुक एप्स प्रायस् अटो स्टार्टमा हुन्छ ।

जसले तपाईंको फोनको ब्याट्री खपत गरिरहेको हुन्छ । यस्ता धेरै एप्स हुन्छ जुनले गर्दा तपाईंको फोनको ब्याट्री चाँडै सकिन्छ  । 

यसलाई तपाईं आफ्नो फोनको सेटिङ्गमा गएर कुन एप्सले कति ब्याट्री खर्च गरेको छ, सोको जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

ब्याट्री लामो समयसम्म टिकाउन के गर्न सकिन्छ ? 
१. फोनलाई लामो समय सुरक्षितसँग प्रयोग गर्नका लागि सधै फोन को चार्ज १० देखि २० प्रतिशत हुँदा चार्जमा राख्ने गर्नुपर्छ अनि ९० प्रतिशत भएपछि मात्र निकालेर पुनस् प्रयोग गर्नुपर्छ जसले फोनको ब्याट्रीलाई सुरक्षित राख्नुका साथै लामो समयसम्म टिकाउ बनाउँछ। फोनलाई कहिले पनि ८५ वा ९० प्रतिशतभन्दा बढी चार्ज गर्नु हुँदैन ।

 २. लामो समयसम्म फोनलाई चार्जमा राखी रहनु हुँदैन, जसले ब्याट्रीको क्षमता घटाई फोन तात्ने र ह्याङ्ग हुने जस्ता समस्याहरु निम्त्याउँछन्, त्यसैले फोनलाई सधै फुल चार्ज गरिसकेपछि निकालेर प्रयोग गर्नुपर्छ र फोनको चार्ज सकेसम्म ४० देखि ८० प्रतिशतको बीचमा राख्नुपर्छ।

३. क्लाउड स्टोरेजको बानीले पनि तपाईंको फोनलाई छिटो र छरितो बनाउने गर्छ। क्लाउड स्टोरेज मतलब तपाईंको डेटा फोनमा नराखेर गुगलको डेटा स्टोरेजमा लगेर राख्ने जसले फोनको स्पेस बढाउनुका साथै छिटो र छरितो रुपमा डेटा ब्याकअप पनि गर्ने गर्छ, जसले गर्दा तपाईंको फोन छिटो र छरितो हुने गर्छ ।

४. फोनमा सधैं स्वचालित ब्राइटनेसको विकल्प राख्नुहोस् । यसले स्वचालित रूपमा बाह्य प्रकाशको हिसाबले स्क्रिनको चमक कम गर्दछ। यसले ब्याट्री मात्र बचत गर्दैन, तपाईंको आँखा पनि सुरक्षित राख्दछ।

५. फोनको थिमलाई डार्क मोडमा राख्नुहोस् । धेरै फोनले आजकल डार्कमोड प्रदान गर्दछ । एमोलेड डिस्प्लेको साथ, डार्क मोडमा ब्याट्रीको खपत धेरै कम हुने हुँदा यसले तपाईंको फोनमा ब्याट्री टिकाउन सहयोग गर्छ । तर माथिका विकल्प आईपीएस वा एलसीडी स्क्रिन भएका मोबाइलमा लाभदायक छैनन् ।

६. फोनको सेटिङ्समा गएर सबै एप्सहरूकै ब्याट्री अप्टिमाइजेसन अन गर्नुहोस् । अत्यावश्यक बाहेक सबै एप्स अप्टिमाइजेसनलाई अन गर्नुहोस् ।

७. लोकेसन र ब्लुटुथ बन्द राख्नुहोस् र आवश्यक परेको बेला मात्र अन गर्नुहोस् ।

८. चार्ज हुँदा फोन प्रयोग नगर्नुहोस्। त्यसो गर्नाले तपाईंको ब्याट्री चाँडै बिगार्न सक्छ । कतिपय फोन ब्याट्री चार्ज गर्दा पड्किएका समाचारहरू पनि आउने गर्छ त्यसैले फोन चार्जमा हुँदा यसको प्रयोग नगर्नुहोस् ।

९. बारम्बार फोन चार्ज नगर्नुहोस्। एक पटक फोन चार्ज गर्नुहोस् र त्यसपछि  ब्याट्री सेभर सक्रिय नभएसम्म चार्जमा नराख्नुहोस । बारम्बार चार्ज गर्दा ब्याट्रीको आयु चाँडै सकिन्छ ।

१०. फोनमा कुनै मेमोरी क्लिनर एप्स वा एन्टिभाइरस एप्स नराख्नुहोस् । मेमोरी क्लिनर एप्सहरू र एन्टिभाइरस एप्सहरू सधैं ब्याक ग्राउन्डमा चल्दछन् । त्यसैले यी एप्सले चार्ज धेरै खपत गर्दछ। यस्ता एप्लिकेसनको जति फाइदा हुन्छ त्यति नै बेफाइदा पनि हुन्छ ।

यदि तपाईंले प्ले स्टोर, एप्स स्टोर वा अफिसियल स्टोरबाहेक अन्य स्रोतबाट एप्स डाउनलोड गर्नुभएन भने एन्टिभाइरसको आवश्यकता पर्दैन ।