धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमवार एकै पटक ५४ आधारभूत अस्पतालको शिलान्यास गरिँदै छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा ५४ सहित सातै प्रदेशमा एकै पटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । जहाँ ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिनेछन् । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठुलो क्रान्ति’ भनेको छ ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठुलो काम हुन गइरहेको बताए ।
उनका अनुसार सुदूरपश्चिमको कैलालीमा ५,कञ्चनपुरमा ८,डोटीमा ७, डडेल्धुरामा ३,बैतडी ७ अछाम ६,बझाङ ५ ,बाजुरामा ८र दार्चलामा ५ गरी जम्मा ५४ आधारभूत अस्पतालको शिलान्यास गरिँदै छ ।