मुख्यमन्त्री भट्टद्वारा प्रदेशमै पहिलो सरुवा रोग अस्पतालको शिलान्यास गरिदै

मुख्यमन्त्री भट्टद्वारा प्रदेशमै पहिलो सरुवा रोग अस्पतालको शिलान्यास गरिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा प्रदेशमै पहिलो सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिदै छ । आज सोमवार एक कार्यक्रमकासाथ डोटीको दीपायल सिलगढी नगरमा सो अस्पतालको सिलन्यास गर्ने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपाल सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा एकरएक सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम अनुसार मुख्यमन्त्री डोटी पुगेका हुन् । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ ग्वालसैनमा सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गर्ने कार्यक्रम तय भएको मूख्यमन्त्रीको स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले जानकारी दिए ।

सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पु¥याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घको मातहतमा काठमाण्डौमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ ।