अछामबाट धनगढीतर्फ आउँदै गरेको बस दुर्घटनाः एकको मृत्यु, १७ जना घाईते

अछामबाट धनगढीतर्फ आउँदै गरेको बस दुर्घटनाः एकको मृत्यु, १७ जना घाईते

धनगढी । अछाम बाट धनगढीतर्फ आउँदैगरेको बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । जिल्लाको चौरपाटी गाउँपालिकाको मार्कुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ३ का १९ वर्षिय निरज कुँवर रहेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ ।

मंगलसेन देखी धनगढी तर्फ गईरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुदाँ अन्य १७ जना घाईते भएका जिल्ला टाफिक कार्यालय अछामका देवन्द्र खड्काले बताए ।