वर्ल्डलिंक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

वर्ल्डलिंक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

वर्ल्डलिंकले अन्तर्राष्ट्रिय पुरस्कार डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको छ।नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याएकोमा वर्ल्डलिंकले उक्त पुरस्कार पाएको हो।

वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेसियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाइभ रोड–टु–विट्सा मलेसिया हाइब्रिड कार्यक्रममा विभिन्न पुरस्कार घोषणा गरेको थियो।

विट्सा आइसिटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो। जसमा विश्वभरीका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध छन्।