धनगढीमा ७ दिने प्रविधि प्रदर्शनी मेला आयोजना हुने

धनगढीमा ७ दिने प्रविधि प्रदर्शनी मेला आयोजना हुने

धनगढी : नेपाल घरेलु तथा साना उद्योग महासंघको कैलाली जिल्ला समितिले पुस २३ गते देखि धनगढीमा ७ दिने प्रविधि प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।

महासंघले घरेलु तथा साना उद्यमीहरुले तयार पारेका सामग्री र ती सामग्री तयार पार्न प्रयोग भएको प्रविधि प्रदर्शन गरिने जानकारी दिएको छ ।

दुना टपरी, च्याउ खेती, माहुरी पालन जस्ता प्रविधि र त्यसको उत्पादन समेत प्रदर्शनीमा राखिने महासंघका जिल्ला अध्यक्ष पुष्कल कर्माचार्यले बताउनुभयो । संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा हुने मेलामा २ सय वटा स्टल राखिने छन् ।

ती मध्ये ५० वटा स्टलमा महासंघमा आवद्ध उद्यमीहरुले उत्पादन गरेकान सामग्री र ती सामग्री उत्पादन गर्न प्रयोग भएको प्रविधिबारे जानकारी राखिने छन् । बाँकी  स्टल ब्यवसायिक प्रयोजनका लागि रहने महासंघका सचिव महेश दाहालले जानकारी दिनुभयो ।

मेलाका लागि दैनिक रुपमा मञ्चमा सागिंतिक कार्यक्रम गर्न बिधिन्न राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुसित कुराकानी भइसकेको उहाँले जानकारी दिनुभयो । मेला पुस २९ गते समापन हुने छ ।