६ लेन सडकमा दैनिक दुर्घटना, गेटा विमानस्थलको गाडिलाई जिपले दियो ठक्कर

६ लेन सडकमा दैनिक दुर्घटना, गेटा विमानस्थलको गाडिलाई जिपले दियो ठक्कर

धनगढी । निर्माणाधिन ६ लेन सडकमा दैनिक दुर्घटना भइरहेका छन् । आज मंगलबार ६ लेन सडकमा गेटा विमानस्थलको गाडिलाई जिपले  ठक्कर दिएको छ । 
धनगढी उपमहानगरपालिका वडा नं. ३ फ्लोरा होटल नजिकै अत्तरियातर्फ गइरहेको गेटा विमानस्थलको बा १ ञ २३२६ नम्बरको गाडीलाई सोही दिशा तर्फ गइरहेको बा १४ च ९०९८ नम्बरको जिपले ठक्कर दिएको कैलाली प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार दुर्घटनामा दुवैं गाडीमा सामान्य क्षति भएको तर मानवीय क्षति भने नभएको बताए ।