कानुनको 'वा' शब्द हावि भएको अभास, धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएका मटर व्यापारी धरौटीमा छुटे

कानुनको 'वा' शब्द हावि भएको अभास, धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएका मटर व्यापारी धरौटीमा छुटे

कैलाली । बेलाबेला विभिन्न मुद्धा, घटनाका दोशी व्यक्तिहरु कानुनि व्यवस्थामा दर्ज गरीएको शब्द  'वा' ले गर्दा अपराधि तथा दोशीहरु छुट्ने गरेको तथा कम सजाय हुनेगरेको आवाज उठिरहन्छ ।

 'वा' अर्थात (कुनै पनि घटनामा कानुनले दोशी ठहर गरी सजाय तोक्दा जन्मकैद तथा सिमीत समय सजाय हुने छ ।  'वा' ....रकम धरौटी  'वा' दुवैसजाय हुनेछ भन्ने हरफको यो शव्दावली लई बुझ्न सकीन्छ ।)

धेरै जसो घटनामा पैसा हुने तथा धनीमानी व्यक्तिहरु धरौटी तिरेर छुटेका उदाहरणहरु खाज्ने हो भने धेरै भेटिन्छन् । सायद यो घटनामा पनि  'वा' शब्द हावि भएको त छ छैन् ? प्रश्न चिन्ह भने खडाभएको छ ।  

यदि कानुन रक्षककै परीवारका सदस्यको हत्यामा संलग्न अथवा आरोपित व्यक्तिहरु पनि मात्र कानुनमा लेखीएको  'वा' ले छुट्ने छुटाउने भइरहे छ, भने यो विडम्बना हुन जान्छ ।    

धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएका मटर व्यापारी धरौटीमा छुटेका छन् । मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीकै व्यापारी राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले गुप्ता सो धरौटी रकम बुझाएर तारेखमा छुटेको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको हत्यासँग जोडिएको मटर गुप्ताको भएको खुलेपछि प्रहरीले पक्राउ गरी उनीमाथि अनुसन्धान गरेको थियो। हत्या अभियोगमा पक्राउ परेका अन्य ८ जना भने मंगलबार नै कारागार चलान भएका छन् भने एकजना अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।