सोमबार धनगढीमा भएको दुर्घटनाकी घाइते मनीषाको मृत्यु

सोमबार धनगढीमा भएको दुर्घटनाकी घाइते मनीषाको मृत्यु

धनगढी । धनगढीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी १७ वर्षीया युवती मनीषा श्रीमालको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा श्रीमाल घाइते भएकी थिइन् ।

धनगढी–३ बस्ने ३० वर्षीय ट्याक्टर चालक सञ्जीव रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।