संघको चुनावका लागि उम्मेद्वारी दर्ता आज, यस्ता छन तिन प्यानल

संघको चुनावका लागि उम्मेद्वारी दर्ता आज, यस्ता छन तिन प्यानल

धनगढी : कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुदैछ । जसका लागि आज विहान ९ बजेदेखि साँझ ४ बजेसम्मको समय निर्वाचन समितिले तोकेको छ । 

आजै साझँ साढे ५ बजे उम्मेद्वारको सुची प्रकाश गर्ने, विहिवार पुस १९ गते उम्मेद्वार उपर उजुरी दिने तथा जाचबुझ गर्ने, २० गते ४ बजेसम्म उम्मेद्वारी फिर्ता गर्ने र २० गते साझँ साढे ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाश गर्ने कार्य तालिका छ । 

रुपेश स्वार नेतृत्वको प्यानल 

वर्तमान महासचिव रुपेश स्वार नेतृत्वको प्यानलले मगलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिसकेको छ । 
जसको उपाध्यक्ष उद्योग, बस्तुगत र वाणिज्यमा क्रमशः गजराज पाण्डे, टेक बहादुर खडका र अनिल कुमार रहेका छन ।

त्यस्तै, महासचिवमा सुरेश पाण्डे, कोषाध्यक्षमा भिमराज ओझा, सचिवमा सुजित शर्मा लगायतको कार्य समिति छ । 
कुवर नेतृत्वको समुहले प्यानल सहित उम्मेद्वारी दर्ता गर्ने छ । 

पुष्प कुवर नेतृत्वको प्यानल 

वर्तमान कोषाध्यक्ष पुष्प कुवर नेतृत्वको समुहले अहिले विहान ९ बजे प्यानल घोषणा गर्दैछ । अधिकाश यसअघि नै घोषणा गरिएको प्यानलका उम्मेद्वार नै रहेको उक्त प्यानलले जनाएको छ । 

जस अनुसार पुष्प कुवर नेतृत्वको प्यानलको वरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष (वाणिज्य) मा गगन केसी, उपाध्यक्ष (बस्तुगत) मा शिवराज कुवर, महासचिवमा ओम विष्ट, सचिवमा शिवराज पनेरु र कोषाध्यक्षमा दिनेश लम्सालले उम्मेद्वारी दर्ता गर्ने छन । 

तेस्रो समुह पनि उम्मेद्वारी दर्ता गराउने तयारीमा 

केहीदिन अघि प्यानल सहित चुनावी मैदानमा उत्रेका कैलाली उद्योग वाणिज्य सघका सदस्य डिल्लिराज अवस्थीले भने प्यानल घोषणा गरेका छैनन । 

बुधवार उम्मेद्वारी दर्तासगै प्यानल सार्वजनिक गर्ने अवस्थीको भनाई छ । 

उनको प्यानलमा जयराज न्यौपानले सचिव पदमा उम्मेद्वारी घोषणा गर्ने बताईएपनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । 

वैशाख २२ गतेको साधारण सभा स्थगित हुनुअघि संघका ५ हजार ९ सय ९० जना सदस्य रहेकोमा सदस्यता छानविनपछि दुई हजार सात सय २५ जनाले मात्रै मतदान गर्ने पाउँनेछन् ।