प्रहरीकै परीक्षामा आठजना नक्कली परीक्षार्थी पक्राउ

प्रहरीकै परीक्षामा आठजना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेतमा अर्काको नाममा परीक्षा दिने आठजना नक्कली विद्यार्थी पक्राउ परेका छन् । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका-७ निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका-२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेका छन्  ।

त्यस्तै भगवतीमाई गाउँपालिका-७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका-७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 

भेरी नगरपालिका-१० जाजरकोटका धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका-२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका-१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका-१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ गरिएको डीएसपी घर्तीले जानकारी दिए । 

प्रहरीले नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका-२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि पक्राउ गरेको छ । 

मङ्सिर २० गतेदेखि सुर्खेतमा सुरु भएको प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । -फरका धार