लाखौं एन्ड्रोइड प्रयोगकर्ताका गोप्य डाटा खतरामा, यी एप्ससँग शतर्क रहनुहोस्

लाखौं एन्ड्रोइड प्रयोगकर्ताका गोप्य डाटा खतरामा, यी एप्ससँग शतर्क रहनुहोस्

रिसर्च फर्म चेक प्वाइन्टले जारी गरेको एउटा रिपोर्टले लाखौं एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका गोप्य डाटा खतरामा रहेको देखाएको छ।

चेक प्वाइन्ट सेक्युरिटी रिसर्चले आफ्नो रिपोर्टमा ग्रिन्डर, बम्मबल, ओकेक्युपिड, सिस्को टीम्स, याङ्गो प्रो, एज, एक्सरेकर्डर, पावर डाइरेक्टरसमेत धेरै लोकप्रिय एप्समा प्ले कोर लाइब्रेरीसँग सम्बन्धित खतरा भएको उल्लेख गरेको छ।

चेक प्वाइन्टले बताएअनुसार यी एपहरूको कारण लाखौं एन्ड्रोइड प्रयोगकर्ताको डाटा साइबर अपराधीको निसानामा परेका छन्। यी एपहरूमा भएको समस्याका कारण युजर्स लगिन डिटेल्स, पासवर्ड, फाइनेन्सियल डिटेल्स जस्ता गोप्य तथा निजी सूचना चोरी हुन सक्ने खतरा रहेको बताएको रिपोर्टमा उल्लेख छ।