फेसबुक म्यासेञ्जर डाउन

फेसबुक म्यासेञ्जर डाउन

फेसबुक म्यासेञ्जर डाउन तथा काम नगर्ने भएको छ । विश्वभरका थुप्रै प्रयोगकर्ताले च्याट एपमा समस्याको सामना गरिरहेका हुन् ।

फेसबुकको यो आउटेज समस्याका कारण दशौं हजार प्रयोगकर्ताले म्यासेञ्जरको सेवा प्रयोग गर्न सकिरहेका छैनन् । अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे म्यासेञ्जरमा पहुँच पाउन सकिरहेका छैनन् ।

यस किसिमको समस्या वेबका साथै मोबाइल एपमा समेत देखिएको छ ।