ट्र्याक्टर चालकको ज्यान गएपछि पूर्व-पश्चिम राजमार्ग बन्द, प्रहरी र स्थानीयबीच झडप

ट्र्याक्टर चालकको ज्यान गएपछि पूर्व-पश्चिम राजमार्ग बन्द, प्रहरी र स्थानीयबीच झडप

नवलपरासी । ट्र्याक्टर चालकको ज्यान गएपछि पूर्व-पश्चिम राजमार्गमा पर्ने नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको दुम्कीमासमा सडक अवरोध भएको छ ।

प्रहरीको कुटाइबाट लु ३ त ८१७५ नम्बरको ट्र्याक्टर चालक दाङ राजापुर गाउँपालिका ४ का हरिश्याम यादवको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका छन् । विनयी त्रिवेणी २ को पहेली भित्ता भन्ने ठाउँको विनयी खोलामा भएको घटनालाई लिएर स्थानीय बासिन्दाले अहिले प्रहरी कार्यालयसमेत घेराउ गरेर राजमार्ग बन्द गराएका छन् ।

प्रहरीले भने नदिजन्य पदार्थ अवैध रुपमा निकाल्दै गरेकाे समयमा ट्र्याक्टरसहित भाग्ने क्रममा दुर्घटनामा परेर उनकाे ज्यान गएकाे जनाएको छ । घटनाको विषयलाई लिएर प्रहरी र स्थानीय बासिन्दाबीच झडपसमेत भएको छ । प्रहरीले भीडलाई  नियन्त्रणमा लिन १३ राउण्ड अश्रु ग्यास प्रहार गरको छ । -उज्यालो