महासचिव स्वार, कोषाध्यक्ष कुँवर र सदस्य अवस्थीद्धारा प्यानल सहित उम्मेद्वारी दर्ता

महासचिव स्वार, कोषाध्यक्ष कुँवर र सदस्य अवस्थीद्धारा प्यानल सहित उम्मेद्वारी दर्ता

धनगढी : कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि तिन समुहले प्यानल सहित उम्मेद्वारी दर्ता गरेका छन । 

संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुवर र सदस्य डिल्लिराज अवस्थीले प्यानल सहित उम्मेद्वारी दर्ता गराएका हुन । 

महासचिव रुपेश स्वार नेतृत्वको प्यानलको उपाध्यक्ष उद्योग, बस्तुगत र वाणिज्यमा क्रमशः गजराज पाण्डे, टेक बहादुर खडका र अनिल कुमारले उम्मेद्वारी दर्ता गराएका छन भने महासचिवमा सुरेश पाण्डे, कोषाध्यक्षमा भिमराज ओझा, सचिवमा सुजित शर्माको उम्मेद्वारी परेको छ । 

महासचिव रुपेश स्वार नेतृत्वको प्यानल उम्मेद्वारी दर्ता गर्दै 

यस्तै, सदस्यमा तिलक वोहोरा, रुपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज वोहोराले उम्मेद्वारी दिएका छन । 

पुष्प कुवर नेतृत्वको प्यानलको उपाध्यक्ष उद्योगमा पुष्कर ओझा, उपाध्यक्ष (वाणिज्य) मा गगन केसी, उपाध्यक्ष (बस्तुगत) मा शिवराज कुवर, महासचिवमा ओम विष्ट, सचिवमा शिवराज पनेरु र कोषाध्यक्षमा दिनेश लम्सालले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।  

कोषाध्यक्ष पुष्पराज कुँवर नेतृत्वको प्यानल उम्मेद्वारी दर्ता गर्दै 

सदस्यमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहोरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंहले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । 

सघका वर्तमान सदस्य डिल्लिराज अवस्थीको प्यानलबाट १८ सदस्यीय कार्य समितिका लागि १६ जनाले उम्मेद्वारी दिएका छन । उक्त प्यानलबाट दुई सदस्यमा उम्मेद्वारी परेको छैन । 

सदस्य डिल्लिराज अवस्थी नेतृत्वको प्यानल उम्मेद्वारी दर्ता गर्दै 

उम्मेद्वारीको समय साँझ ४ बजेसम्म तोकिएको छ । आजै साझँ साढे ५ बजे उम्मेद्वारको सुची प्रकाश गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत यादव बहादुर भण्डारीका अनुसार विहिवार पुस १९ गते उम्मेद्वार उपर उजुरी दिने तथा जाचबुझ गर्ने, २० गते ४ बजेसम्म उम्मेद्वारी फिर्ता गर्ने र २० गते साझँ साढे ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाश गर्ने कार्य तालिका छ । २८ गते मतदान हुने छ ।