आज काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली, कारण सहित !

आज काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली, कारण सहित !

नेपाल विद्युत् प्राधिकरणले मर्मतका लागि शनिबार काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म बिजुली काटिने भएको हो। सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वागमती, कोटेश्वर, बानेश्वर, पुरानो एअरपोर्ट, लुभूलगायत स्थानमा बिजुली काटिने भएको हो।

प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ। प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा मागेको छ। निर्धारित कार्य समय अगावै सकिए विद्युत् प्रवाहसमेत तत्कालै हुनसक्ने पनि प्राधिकरणले जनाएको छ।