वडाअध्यक्ष चढ्ने मोटरसाइकल उनकै आँगन बाट गायब

वडाअध्यक्ष चढ्ने मोटरसाइकल उनकै आँगन बाट गायब

कंचनपुर । कंचनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर- २ का वडा अध्यक्ष प्रेमराज खातीले प्रयोग गर्ने सरकारी मोटरसाईकल उनकै घरको आगनबाट चोरी भएको छ । गाउँपालिका कार्यालय र ईलाका प्रहरी कार्यालयकै अगाडि रहेको वडा अध्यक्ष खातीको घरको आँगनबाटै  शुक्रबार राति करिब १ देखि २ बजेको समयमा गाँउपालिकाको नाममा रहेको म.१ ब.४०९ नम्बरको मोटरसाइकल चोरी भएको बेलडाँडी ईलाका  प्रहरी कार्यालयले जनाएको छ । राति सुति रहेको समयमा यामाहा कम्पनीको १४९ सिसीको एफ.जेड. चोरी भएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । उनका अनुसार वडा अध्यक्ष खातीले  राति नै चोरी भएको खबर गर्नासाथ मोटरसाइकलको खोजी कार्य सुरु गरिएको  बताए ।
ईलाका प्रहरी कार्यालयको नजिकै रहेको घरको आँगनबाट चोरी हुँदा स्थानीयहरु सुरक्षा जोखिम भएको भन्दै त्रसित भएका छ्न भने सुरक्षा व्यवस्था माथी नै प्रश्न उठाईरहेका छ्न ।

हाल मोटरसाइकलको खोजिकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बेलडाँडिले जनाएको छ ।