काँग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रामक हो: नेता एनपी साउद

काँग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रामक हो: नेता एनपी साउद

धनगढी । नेपाली काँग्रेसका नेता एनपी साउदले काँग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रम मात्रै भएको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आइतबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले काँग्रेस सरकारमा जाने हल्ला कपोकल्पित र भ्रम मात्रै भएको दाबी गरेका हुन् ।

“नेपाली काँग्रेस सरकारमा जाने हल्ला कपोकल्पित हो, भ्रम हो,” काँग्रेस सरकारमा जाने हल्लाबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “नेपाली काँग्रेस सत्तामा जाने जसरी ¥युमर चलाइएको छ यो नेकपाको आन्तरिक लडाइँको एउटा पार्ट मात्रै हो ।”

काँग्रेसका लागि सत्ता महत्त्वपूर्ण नभएको जिकिर गर्दै नेता साउदले जनताको आस्था र विश्वास जित्ने कुरा नै काँग्रेसका लागि महत्त्वपूर्ण भएको बताए । गत निर्वाचनमा जनताले काँग्रेसलाई प्रतिपक्षको जिम्मेवारी दिएको प्रस्ट्याउँदै साउदले काँग्रेस पाँच वर्षसम्म लगातार प्रतिपक्षमा बस्ने पनि जिकिर गरे ।

पूर्व सिँचाईमन्त्री समेत रहेका नेता साउद सोमबार अछाममा हुन गइरहेको विरोध प्रदर्शनमा मुख्य वक्ताका रुपमा सहभागी हुँदैछन् ।