कांग्रेसको धनगढी भेला कै दिन धनगढीमा एका बिहानै भेटियो यस्तो पम्प्लेट ? (फोटो फिचर)

कांग्रेसको धनगढी भेला कै दिन धनगढीमा एका बिहानै भेटियो यस्तो पम्प्लेट ? (फोटो फिचर)

धनगढी ।  प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसले आज मङ्सिर २९ गते देशभर गर्ने प्रदर्शन गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा पनि विरोध भेला गर्दै छ । 

तर धनगढीको ट्राफिक चौराहामा काङ्ग्रेसले भेला गर्ने भनेकै दिन राजाको समर्थन जनाउने पम्प्लेटहरु टासिएका छन् । विभिन्न पोल तथा सडकमा टासिएका पोलहरूमा स्वर्गीय काँग्रेस नेता खुम ब. खड्का र वि. पी कोइरालाका भनाइहरू लेखिएका पम्प्लेटहरु टासीएका छन् ।

पम्पलेटहरुमा लेखिएको छ, 'हिन्दु राष्ट्र र राजालाई नबोके काँग्रेस सिद्धिन्छ । -स्व. खुम खड्का, राजा सँग मेरो घाँटी जोडिएको छ ।- वि.पी कोइराला' लेखिएका पम्पलेटहरु टासीएका छन् । 

काङ्ग्रेसको भेला धनगढीमा भई रहँदा किन राजा सँग जोडेर प्रचार गरिँदै छ ? राजा र काँग्रेस कनेक्सन के ? के सन्देश दिन खोजीएको लगायतका प्रश्नहरु अहिले जनमानसमा उब्जिन थालेका छन् । 

हेर्नुहोस् एकाबिहानै धनगढीको चौराहामा जे देखियो तस्बिर मा...!