यस वर्षकै अन्तिम सूर्य ग्रहण आज

यस वर्षकै अन्तिम सूर्य ग्रहण आज

 मार्गशीर्ष मासको अमावास्य अर्थात् सोमवार (१४ डिसेम्बर) आज सूर्य ग्रहण लाग्दैछ । यो ग्रहण नेपालबाट भने देखिने छैन ।

नेपाली समयानुसार यो बेलुका ७ : १८ बजे शुरु हुनेछ । यसको मध्यकाल १० बजे र राती १२ः३८ मा सकिनेछ । नेपालमा ग्रहणको समय राती रहनेछ ।

अन्तिम सूर्य ग्रहण दक्षिण अमेरिका, दक्षिण पश्चिम अफ्रिका, एटलान्टिक, हिन्द र प्रशान्त महासागरका केहि भागबाट देखिनेछ ।

यो ग्रहण वृश्चिक राशिको धनिष्ठा नक्षत्रमा लागिरहेको छ । यो समय मकर राशिमा गुरु र शनिको युति बन्नेछ ।