विश्वभर युट्युबमा समस्या, प्रयोगकर्ता प्रभावित

विश्वभर युट्युबमा समस्या, प्रयोगकर्ता प्रभावित

विश्वभर गुगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । गुगलका लोकप्रिय एप युट्युव, जिमेल लगायतका सबै सेवा नेपाल सहितका मुलुकमा डाउन भएका हुन् ।

डाउन डिटेक्टरका अनुसार बिहान ११:५६ देखि सुरु भएको यो समस्याले विश्वभरका प्रयोगकर्तालाई प्रभावित पारेको छ । हालसम्म गुगलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

युट्युवको वेबसाइट नै नखुल्ने, खुलेको अवस्थामा भिडियो हेर्न नसकिने, जिमेल नखुल्ने तथा लग ईन नहुने समस्याहरु देखा परेको प्रयोगकर्ताहरुको गुनासो छ ।