शुक्लाफाँटा ८ स्थित भम्केपानीको थारु संग्रहालय जङ्गली हात्तीको बथानले भताभुङ्ग पार्‍यो !

शुक्लाफाँटा ८ स्थित भम्केपानीको थारु संग्रहालय जङ्गली हात्तीको बथानले भताभुङ्ग पार्‍यो !

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित भम्केपानीमा रहेको थारु संग्रहालय भवन जङ्गली हात्तीको बथानले भत्काएर भताभुङ्ग पारेको छ । 

सोमबार राति हात्तीले थारु समुदायको परम्परागत घरकै शैलीमा निर्माण गरिएको संग्रहालय भवन भत्काउँदा संग्रहालयमा राखिएका वस्तुमा क्षति पुगेको छ।

त्यस्तै, भवनभित्र अवलोकनका लागि राखिएका थारु पहिरन, गहनालगायतका सामग्रीमा क्षति पुगेको वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराले बताए। 

महराका अनुसार गत वर्षदेखि सञ्चालनमा आएको संग्रहालय भवनमा हात्तीको बथानले क्षति पु¥यााएको दोस्रो पटक हो । गत वर्ष भवनको पर्खाल मात्रै भत्काएको थियो। मर्मत गरेर सञ्चालन गरिएको भए पनि यस वर्ष भने भवनको पर्खालसँगै भित्र राखिएका वस्तुमा समेत क्षति गरेको महराले बताए।