नोकियाको पहिलो ल्यापटप सार्वजनिक, यस्ता छन् फिचर ?

नोकियाको पहिलो ल्यापटप सार्वजनिक, यस्ता छन् फिचर ?

काठमाडौं । नोकियाको आफ्नो पहिलो ल्यापटप नोकिया प्योरबूक एक्स फोर्टिन बजारमा आएको छ ।

५९ हजार ९९० भारु पर्ने यो ल्यापटप कम्पनीले ईकमर्स कम्पनी फ्लिपकार्टमार्फत सार्वजनिक गरेको हो । दशौं पुस्ताको इन्टेल आई फाइभ क्वाडकोर प्रोसेसर राखिएको यसमा ८ जीबी र्‍याम तथा ५१२ जीबी एसएसडी तथा १४ इन्चको फुल एचडी एलईडि ब्याकलिट स्क्रिन रहेको छ । विण्डोज टेन ओएसका साथ आएको यो ल्यापटपको प्रि-बुकिङ १८ डिसेम्बरदेखि सुरु हुनेछ ।

यो ल्यापटपको स्क्रिन टु बडी रेसियो ८६ प्रतिशत र तौल १.१ किलोग्राम रहेको छ । यसमा राम्रो ग्राफिक्सका लागि १.१ गिगाहर्ज टर्बो जीपीयूसँगै इन्टिग्रेटेड इन्टेल यूएचडी ६२० ग्राफिक्स कार्ड समेत राखिएको छ ।