डडेल्धुराको सदरमुकाममा आगलागी, तीन पसल जलेर नष्ट

डडेल्धुराको सदरमुकाममा आगलागी, तीन पसल जलेर नष्ट

डडेल्धुरा : सदरमुकाम अमरगढीस्थित बागबजारमा अगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्। अमरगढी– ५ बागबजारमा बिहिवार राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ।

आगलागीको कारण खुल्न नसके पनि मानसिक सन्तुलन गुमाएका व्यक्तिले आगो लगाएको हुनसक्ने डडेलधुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। पनेरु तरकारी पसल, स्काई फोटो स्टोडीयो, नाम नखोलिएको नास्ता पसलमा अगलागी भएको हो।

करिब १ घन्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो।

बुधबार मात्रै डडेलधुराको सदरमुकाम वगरकोटको एक होटमा आगलागी भएको थियो । जिल्लाको अमरगढी, ५ बगरकोटरोडस्थित जितबहादुर तमोलीको होटेलमा आगलागी हुँदा साढे ६ लाख रूपैयाँ बराबरको   क्षति भएको थियो।