अल्ट्रा साउण्ड शिविरमा २११ गभर्वतीले लिए सेवा

अल्ट्रा साउण्ड शिविरमा २११ गभर्वतीले लिए सेवा

बैतडी : दुर्गम सिगास गाउँपालिकाले गर्भवती महिलाहरूलाई  लक्ष्य गर्दै राखिएको अल्ट्रा साउण्ड शिविरमा २११ गभर्वतीले सेवा लिएका छन्। 

गाउँपालिकाका सबै ६ स्वास्थ्य चौकीमा पुस १० गते सुरु भएको  शिविर बिहीबार सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले बताए।  शिविरमा गर्भवतीहरूको नि:शुल्क भिडियो एक्सरे गरिएको थियो।

गाउँपालिकाको ५० हजारको सहयोगमा शिविर राखिएको हो। दुर्गम ठाउँका गर्भवती भिडियो एक्सरेका लागि टाढा जान नसक्ने भएकोले उनीहरूको लागि गाउँघरमै शिवीर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। 

महिलाहरू समस्याको मध्ययनजर गर्दै गाउँपालिकाले यो शिविर सुरु गरेको गाउँपालिकाकी उपाअध्यक्ष द्रोपती चन्दको भनाइ छ।

साथै शिविरमा पाठेघर खसेका महिलाहरूलाई पनि सेवा दिइएको थियो। ५० जना पाठेघर खसेका महिलाहरूले उक्त शिविरबाट सेवा लिएका छन्। गाउँघरमै सेवा पाउँदा त्यहाँका महिलाहरु खुशी भएका छन ।