अछामः अछाममा फेरी छाउगोठ भत्काइदै छ । शनिबार मंगलसेनबाट गएको टोलीले दोश्रो चरणको पहिलो दिनमा पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायसहितको टोलीले निरीक्षणका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका २ वडामा चेतनामुलक कार्यक्रम समेत गरेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायले अभियान दोस्रो चरणमा प्रवेश गरेको बताए ।