महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रकमसहित बिहीबार सम्मान गरिएको छ ।

गाउँपालिकाको वडा नं १ को कार्यालयले निःस्वार्थ सेवा भावनाले सेवामा संलग्न महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै दोसल्लासहित जनही  तीन हजारका दरले सम्मान गरेको हो ।

निःस्वार्थ भावका साथ खटेर स्वास्थ्य जस्तो गम्भीर विषयमा पु¥याएको सहयोगको प्रशंसा गर्दै मनोबल उच्च राख्नका लागि सम्मानित गरिएको वडाध्यक्ष अम्मरबहादुर खत्रीले बताउनुभयो ।